दोलखामा बलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सोमबार राति भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकाे छ । घाइतेमध्ये पाँचकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाए ।
सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको बिगु गाउँपालिका जाँदै गरेको बोलेरो सोमबार राति करिब ११ बजेतिर दुर्घटनामा परेको हाे ।
सामान्य घाइतेको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको छ ।































प्रतिक्रिया