नयाँ वर्षको अवसर पारेर विष्णुमती नदी सफाई अभियान सुरु

नयाँ वर्षको अवसर पारेर विष्णुमती नदी सफाई अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाई अभियान सुरु गरिएको छ।

बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाई अभियान सुरु गरिएको हो। विष्णुमती सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ। 

विष्णुमती नदी उपत्यकावासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमती नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए।

विष्णुमती सफाई हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए। आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाइ छ। विष्णुमती सफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो। विष्णुमती सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ।

Logo