कोरोना संक्रमितको तथ्यांक अध्यावधिकमा स्वास्थ्य मन्त्रालयको खेलाँची

कोरोना संक्रमितको तथ्यांक अध्यावधिकमा स्वास्थ्य मन्त्रालयको खेलाँची

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक अध्यावधिक गर्ने तथ्यांक फरक परेको छ। मन्त्रालयले जारी गर्ने कोरोना भाइरस संक्रमितसहित दैनिक विवरण गएको ४ दिनदेखि फरक पर्न थालेको हो ।  

मन्त्रालयको आधिकारीक वेवसाईटमा र मन्त्रालयले नै जारी गर्ने भाईवर विवरणमा संख्या फरक परेको हो । बुधबार मुलुकभर ५८० कोरोना संक्रमित थपिएको मन्त्रालयको आधिकारीक वेवसाईटमा उल्लेख छ भने मन्त्रालयकै भाईवरमा भने ६०३ कोरोना संक्रमित थपिएको जनाईएको छ । संख्या फरक पर्दा नागरिकमा भ्रम सृजना भएको छ । यस विषयलाई लिएर  हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

किन भयो तथ्यांक फरक ?

मन्त्रालयले नै अध्यावधिक गर्ने संक्रमितको विवरण किन फरक पर्न गयो भन्नेमा आम मानिसको चासो छ । झट्ट हेर्दा सामान्य लागेपनि संक्रमितको संख्या र सहि समाचारले महत्व राख्छ । किन संक्रमितको संख्या फरक पर्यो भनेर खोज्दै जाँदा एउटा तथ्य फेला परेको छ । हाल नेपालमा विभिन्न माध्यमबाट कोरोना संक्रमित पहिचान हुँदै आएको छ । जसमा आर टि पिसिआर, एन्टीजेन, आर डि टि लगायत छन् । ती मध्ये पनि अहिले आर टि पिसिआर र एन्टीजेन विधिलाई सरकारले प्राथामिकतामा राखेको छ। 

मन्त्रालयको वेवसाईटमा उक्त एन्टीजेन विधिबाट परीक्षण गरि नतिजा पोजेटिभ आएकालाई अध्यावधिक नगरिएका कारण दुबिधा परेको हो । भाईवरमा भने एन्टीजेनसहितको तथ्यांक अध्यावधिक हुने गरेको छ । मन्त्रालयले आफ्नाे आधिकारीक वेवसाईट र भाईवरको तथ्यांक एउटै नबनाउँदा यस्ताे समस्या देखिएकाे हो। 

Logo