कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।
विर्तामोड नगरपालिका–८ निवासी पत्रकार मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किए लगत्तै बिरामी परेका उनी स्वास्थ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए।
उपचारकै क्रममा उनको गए राति निधन भएको हो। उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए।





























प्रतिक्रिया