नेपालमा आज ४९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा आज ४९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ। आज ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै एन्टीजेन परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो सहित आज संक्रमित हुनेको संख्या ५३४ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ८४ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ। 

आज ५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ। नेपालमा हालसम्म २३ लाख २९ हजार ५४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

Logo