राजश्व छलीको अभियोगमा मुद्दा

राजश्व छलीको अभियोगमा मुद्दा

केन्द्रबिन्दु
0
Shares

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार उनीहरुले एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । 

राजश्वमा हानी नोक्सानी पुर्‍याउने ध्येयका साथ गलत कागजात तयार पारी ठगी गरेको पाइएको छ । उनीहरुले भन्सार शुल्क ११ लाख ३५ हजार ८८७, मूल्यअभिवृद्धि कर ४६ लाख ७३ हजार २०४ र आयकर ५४ लाख ९६ हजार ४२३ गरी कूल एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको ठगी गरेको अभियोग लागेको छ । 

विभागले सवारी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार, भन्सार प्रतिनिधि श्रेष्ठ तथा व्यवसायी विकासलाल दासविरुद्ध समेत पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध बिगोअनुसार कारवाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो । 

Skip This
Skip This
Logo