बस र टिपर ठोक्किँदा ५ को मृत्यु, ३४ जना घाइते

बस र टिपर ठोक्किँदा ५ को मृत्यु, ३४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिपर एक आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएकामध्ये ९ जनाकाे अवस्था गम्भीर छ ।

३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ठोक्किँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा घाइतेहरूकाे उपचार भइरहेकाे छ । 

Logo