महेश्वरी समाजद्वारा आयोजित रक्तदानमा ६५ जना सहभागी

महेश्वरी समाजद्वारा आयोजित रक्तदानमा ६५ जना सहभागी

केन्द्रबिन्दु
0
Shares

महेश्वरी समाज तथा महेश्वरी युवा मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ। 

शनिबार नक्सालस्थित महेश्वरी भवनमा २६ औं रक्तदान कार्यक्रम आयोजना गरेको हो । महेश्वरी समाजले आफ्नो बार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ। कार्यक्रममा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। 

महेश्वरी समाजले विभिन्न समाज सेवामा आफ्नो कार्यहरु गर्दै आएको छ । यसरी समाज सेवामा सक्रिय रहेने महेश्वरी समाजले विगत २५ वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम पनि गर्दै आएको छ ।

समाजप्रति आफ्नो नैतिक जिम्मेवारीको हिसाबले रक्तदान कार्यक्रम गर्दै आएको महेश्वरी युवा मञ्चका अध्यक्ष पवनकुमार सामानीले बताए । कोरोना महामारीका बीच पनि रक्तदाताहरुको उल्लेखनीय उपस्थितिले आफूहरुलाई थप उर्जा मिलेको उनी बताउँछन् ।

Logo