भाउजुको हत्या गरकाे छु भन्दै प्रहरी कार्यालय पुगे मोहन

भाउजुको हत्या गरकाे छु भन्दै प्रहरी कार्यालय पुगे मोहन

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा देवरले भाउजुको हत्या गरी आफैँ प्रहरी कार्यालयमा पुगेका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल गर्ने मोहन राजभण्डारीले भाउजु रोशनी राजभण्डारीको हत्या गरेको हाे ।

४८ वर्षीय मोहनले फलामको गलले हिर्काएर भाउजुको हत्या गरेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्यापछि उनी शनिबार साँझ साढे ७ बजेतिर आफैं महानगरीय प्रहरी परिसरको कार्यालय (टेकु) पुगेका थिए ।

हत्या गर्ने मोहनलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको नियन्त्रणमा राखिएको छ ।

Logo