बालुवाटारमा विधिवतरूपमा पूजा गरि राम–सीताका मुर्तिहरु चितवन पठाइयो

बालुवाटारमा विधिवतरूपमा पूजा गरि राम–सीताका मुर्तिहरु चितवन पठाइयो

केन्द्रबिन्दु
0
Shares

चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरि  चितवन पठाइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए। बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो। 

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो। राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ।

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो। राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहबीच प्रतिमासहितको रथयात्रालाई विदाई गरेको बताइएको छ। मुर्तीहरु लिएर गएको रथ आज चितवनको देवघाट रहनेछ। भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ। अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मुर्तिहरु राख्ने कार्यक्रम रहेको छ। 

Logo