नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको छ। आज १ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जस मध्ये एन्टीजेन परीक्षणबाट ६९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ।
आज ११ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ। नेपालमा हालसम्म २३ लाख ६० हजार ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ।































प्रतिक्रिया