पूर्वमन्त्री स्व.जोशीको ‘कोभिड–१९ घरदैलो अभियान’ले पायो निरन्तरता

पूर्वमन्त्री स्व.जोशीको ‘कोभिड–१९ घरदैलो अभियान’ले पायो निरन्तरता


नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड–१९ घरदैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ। 

उनको परिवारले बुधबार स्वयंम्भूनाथ मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो। 

मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्रीसहित घरदैलो अभियान सञ्चालन गरेका थिए। 

मस्तिष्कघातका कारण उनको निधन भएपछि अभियान रोकिएको थियो। निधन भएको महिना दिनपछि धर्मपत्नी सपना जोशीले श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन्।

अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छिन्।

जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पूरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ।

बिहीबार स्वयम्भू मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ। जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीय पनि खुसी छन्।

यसअघि नेता जोशीको पहलमा कोरोना विरामीलाई वीर र शिक्षण अस्पतालमा निःशुल्क उपचारको व्यवस्थासमेत मिलाइएको थियो।

तस्वीर साैजन्य : लालकुमार तामाङ

 

Logo