यही दरले संक्रमण बढे अस्पतालमा बिरामीलाई ठाउँ पाइने छैन: स्वास्थ्य मन्त्रालय

यही दरले संक्रमण बढे अस्पतालमा बिरामीलाई ठाउँ पाइने छैन: स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै अवस्थामा कोरोना सङ्क्रमित थपिए अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने भन्दै स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ। 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणदर रोक्न नसकिए केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको हो। 

छिमेकी देश भारतमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो अवस्था हाम्रो देशमा पनि देखिन सक्ने भन्दै सर्तकताका उपाय अपनाउन आग्रह गरेको छ।

अहिलेको समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले आम नागरिकमा आग्रह गरेको छ।

Logo