५ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

५ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Logo