बाँकेमा एकैदिन आठ संक्रमितको मृत्यु

बाँकेमा एकैदिन आठ संक्रमितको मृत्यु


कोरोना भाइरस संक्रमणका कारण बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ । 

यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् ।

त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक–एक जनाको मृत्यु भएको उनले जानकारी दिए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

Logo