सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयद्वारा सर्वसाधारणलाई आग्रह

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयद्वारा सर्वसाधारणलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश) को पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ।  

मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ। 

गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे। 

कोभिड–१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ । काठमाडौँ उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ। मुलुकमा दैनिक करिब पाँच हजार नयाँ सङ्क्रमित भेटिएका छन्। सङ्क्रमितमध्ये करिब आधा काठमाडौँ उपत्यकामा देखिन थालेका छन्।

Skip This
Skip This
Logo