मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गोम्बाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा किरण राई रहेका छन्। उनी इलामको फाकफोकथुम गाउँपालिका–३ का रहेको खुलेको छ।

बा ८५ प २२८० नम्बरको मोटरसाइकलका चालक उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार भने सामान्य घाइते भएका छन्। पाँचथरको सिलौटी घुमेर फर्किने क्रममा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना भएको हो।

Logo