देशका अधिकांश भेगमा झरि, सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशका अधिकांश भेगमा झरि, सतर्कता अपनाउन महाशाखाको अनुरोध

केन्द्रबिन्दु
0
Shares

गए रातिदेखि देशका अधिकांश भागमा झरि परिरहेको र यो क्रम अहिले बिहानसम्म जारी रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ। ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आइतवार बिहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले ३ दिनको पूर्वानुमान सार्वजनिक गरेको छ।

‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भएको जनाइएको छ।

आइतवार दिउँसो देशभर पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने र १ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ।

Logo