काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएको आज पाँचौं दिन पुगेको छ। सरकारले निषेधाज्ञालाई क्रमशः कडा बनाउँदै लागेको छ।
काठमाडौँ उपत्यकाको हरेक मुख्य चोकहरुमा प्रहरी तैनाथी र चेकजाँच कडाइका साथ गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शनिबार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको थियो।
निषेधाज्ञा कडाई गरे सँगै प्रहरीले सवारी साधन र व्यक्तिहरुलाई होल्डिंगमा राख्न थालेको छ। आधिकारिक पास बिना सवारी साधन चलाउने र उद्देश्य र आवश्यकता बिना हिडेका व्यक्तिहरुलाई प्रहरीले होल्डिंगमा राखेको हो। निषेधाज्ञा लागू गरिए पनि अत्यावश्यक सेवा र बैंक तथा बित्तीय संस्थाका सवारी साधन अन्य सरकारी तथा निजि क्षेत्रका कर्मचारीको आवागमनले सडकमा चाप घटेको थिएन।
निषेधाज्ञालाई थप कडाइ गर्दा पत्रकारहरु भने मारमा परेका छन्। सडकमा सवारी साधनसहित हिड्ने सबैलाई सूचना विभागले जारि गरेको प्रेसपास अनिवार्य गरिएको छ। समाचार संकलनमा हिड्ने पत्रकारबाहेक कार्यालयभित्र बसेर काम गर्ने प्राविधिक अप्राविधिक कर्मचारीसँग सूचना विभागको कार्ड नहुने कारण समस्या परेको हो। यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा आवतजावत गर्न पाएका थिए।
गत बिहीबार १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ। मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरि सकेको छ। यस्तै देशका प्रमुख सहरमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लगाउने क्रम जारि छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ।
निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू भएको छ। मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।





























प्रतिक्रिया