रेम्डेसिभिरको कार्टेलिङलाई औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने

रेम्डेसिभिरको कार्टेलिङलाई औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने


कोभिडका बिरामीलाई आवश्यक औषधि मानिएको रेम्डेसिभिरको कार्टेलिङ गर्ने, लुकाउने, बढी मूल्य लिनेलाई औषधि व्यवस्था विभागले कडा कारबाही गर्ने भएको छ।

मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९ सम्बन्धी उपसमितिको छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको सहज पहुँचका लागि बजार अनुगमन कडा बनाइएको बताए। कुनै बिक्रेताले औषधिको मूल्य लगायतको विक्रिमा अवैध काम गरे लाइसेन्स रद्द गराउनेसम्मको कारबाही गर्न सकिने महानिर्देशक भट्टराईले बताए । बजारमा अलिअलि अभाव भएपनि आपूर्ति नियमित गर्न ३ हजार भाइल रेम्डेसिभिर बनारसबाट मगाइएको बताए।

कोभिड अस्पतालको मागको आधारमा आवश्यक रेम्डेसिभिर र अत्यावश्यक औषधिको व्यवस्थापन गर्न विभागले सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको महानिर्देशक भट्टराईको भनाइ छ । विभागले ५५ हजार रेम्डेसिभिर ल्याउन आयातकर्ताहरुलाई अनुमति दिएको बताएको छ। औषधिको अभावमा कोही बिरामी मर्नु नपरोस् भनेर काम गरिरहेको महानिर्देशक भट्टराईले बताए।

Logo