काठमाडौं उपत्यकामा आज ४ हजार ८२५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४ हजार ८२५ जना संक्रमित थपिए


काठमाडौं उपत्यकामा आज ४ हजार ८२५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना थपिएका हुन् ।

यस्तै नेपालमा आज ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो।

सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ५९ हजार ६६४ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ।

आज ५८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४७५ पुगेको छ।

हालसम्म २५ लाख ५८ हजार ६६७ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार  ३७२ रहेको छ ।

Logo