कोरोना संक्रमितको संख्या बढ्दै जाँदा निको हुनेको संख्या पनि बढ्दो (भिडियोसहित)

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा निको हुनेको संख्या पनि बढ्दो (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेपालको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा निको हुनेको संख्यामा पनि बृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले विहीबार दिएको जानकारी अनुसार २४ घन्टामा २ हजार ७ सय बढीले कोरोना जितेर घर फर्किएका छन्। यता आज नयाँ थपिने संक्रमितको संख्या भने ९ हजार बढी रहेको छ। नेपालमा पछिल्लो अपडेट अनुसार थप ५४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। 

गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेका लागि बैठक तय गरेको हो । सभामा विचाराधीन मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि पनि त्यही दिन मतदान हुने भएको छ। उता, लुम्बिनी प्रदेशका विपक्षी दलहरुले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुपर्ने माग गरेका छन् । 

नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा विरामीको चाप पनि बढ्दै गएको छ। त्यसमा पनि निजी अस्पतालले मनलाग्दी चर्को शुल्क निर्धारण गर्दा विरामीको भार सरकार अस्पतालमा देखिन थालेको छ। काठमाडौंको शिक्षण अस्पतालमा कोभिड संक्रमितको भिड नै लागेको छ भने, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका अस्पतालमा पनि अवस्था उस्तै छ। 

देशमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा वैदेशिक रोजगारीमा जानेको संख्यापनि प्रभावित भएको छ। यता, वैदेशिक रोजगारी विभागले पनि अब श्रम स्वीकृति सम्बन्धी सबै काम अनलाइनबाट मात्र गर्ने जनाएको छ। बिहीबार एक विज्ञप्ति निकाल्दै विभागले भौतिक उपस्थितिमा भइरहेका काम बन्दै गर्दै त्यसबाहेकाका काम अनलाईनबाटै सञ्चालन गर्ने जनाएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ। सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ। जसमा मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति रु तीन हजारसम्म मात्र शूल्क लिनसक्ने गरी होटल दर कायम गरिएको छ।

Logo