काठमाडौं महानगरद्वारा शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडौं महानगरद्वारा शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। 

भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले  १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ अध्यक्ष सहितले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लडाईंमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए।

कोभिड महामारी तीब्ररुपमा विस्तार हुँदै गएर विरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माण भन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे । उनले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गरे । उनले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिवद्धता जनाए । उनले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसँग पनि महानगर सहकार्य गर्न तयार रहेको बताए।

विरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहाना महानगरको भए पनि अस्पतालहरुमा विरामीहरुको चाप बढेको उल्लेख गर्दै उनले आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिंगो देशलाई परिवार ठानेर विरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे । उनले महामारीमा विरामीको उपचारका लागि विभिन्न भूमिकामा खटिने सबैलाई महानगरपालिकाको तर्फबाट धन्यवाद पनि दिए।

Logo