कोरोना सङ्क्रमणबाट आज काभ्रेमा मृत्यु भएका पाँच जनामध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ। होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्।
अन्य तीन जनाको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) ले जनाएको छ। केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पात्लेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।
शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो।रासस































प्रतिक्रिया