काठमाडौं उपत्यकामा आज ३ हजार ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जना थपिएका हुन्।
यस्तै नेपालमा आज ९ हजार ४८३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो हालसम्मकै उच्च संख्या हो।
यससँगै संक्रमितको कूल संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ।
आज २२५ जनाको मृत्यु भएको छ । सोमबार १३९ जनाको मृत्यु भएको थियो। हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।
हालसम्म २६ लाख ७२ हजार ७२६ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ३१६ रहेको छ।





























प्रतिक्रिया