आगामी तीन हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था छ। अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ।
दुःख सहेरै भएपनि यो तीन हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं।
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं। भेटघाट बन्द गरौँ।
यो तीन हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ।
यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं। सरकारले कडाइ गरेको हाम्रै लागि हाे । हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं।





























प्रतिक्रिया