स्थगन भएको टेकु अस्पतालको पीसीआर परीक्षण भोलिबाट पुनः संचालनमा आउने

स्थगन भएको टेकु अस्पतालको पीसीआर परीक्षण भोलिबाट पुनः संचालनमा आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि भनेर स्थगित गरेको पीसीआर परीक्षण भोलिबाट पुनः संचालनमा आउने भएको छ।

पीसीआर परीक्षणलाई चाहिने आवश्यक एक्सट्रयाक्सन किट सकिएका कारण स्थगन भएको परीक्षण प्रक्रिया एक्सट्रयाक्सन किटको उपलब्धतासँगै सुरु हुने भएको हो।

नेपालमै स्टक लागेका एक्सट्रयाक्सन किट ल्याएर भोलिबाट ल्याव संचालन गरिने टेकु अस्पतालका निर्देशक सागर राज–राज भण्डारीले जानकारी दिए। 

अस्पतालले गत मंगलबार एक सूचना जारी गर्दै पीसीआर परीक्षण स्थगित भएको जनाएको थियो।

त्यसो त अहिले देशैभर एक्सट्रयाक्सन किटको अभाव खड्किन सुरु भएको छ।
तथापि मुलुककै एकमात्र सरुवा रोग अस्पतालमा किट अभावका कारण परीक्षण रोकिन लज्जास्पद कुरा हो। 

सरकारले आवश्यक किट उपलब्ध गराउन पहल नगरिनुले यस्तो अबस्था निम्तिएको हो।

अन्य ल्याबमा पनि किट अभाव हुने सम्भावना बढेको छ। अन्तर्राष्ट्रिय हवाई सेवा संचालन नभएका कारण आयात गरेर ल्याउन सकिन अवस्था छैन।

किटको सहज उपलब्धता भए मुलुकभर रहेका सय बढी ल्यावबाट पीसीआर परीक्षण हुने थियो । समुदायमा संक्रमण फैलिनबाट रोक्न मद्दत गर्ने सम्बन्धित सरोकारवालाहरुले बताएका छन्।

Logo