नेपालमा संक्रमण जोखिमका दृष्टिले आगामी तीन साता निकै कठिन (भिडियोसहित)

नेपालमा संक्रमण जोखिमका दृष्टिले आगामी तीन साता निकै कठिन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

नेपालमा कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न जनस्वास्थ्यविद्हरूले सबैलाई आग्रह गरेका छन्। दोश्रो लहरमा कोभिड १९ संक्रमणको फैलावट बढी भएको, कोभिड निमोनिया र अधिकांशलाई अक्सिजनको कमि हुने लक्षण देखिएकाले बढी सतर्क हुन उनीहरूको आग्रह छ। 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले आजै शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराएकी हुन्। गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी पनि गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्न सकेन। 

आज नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसारका बुधवार नेपालमा थप ९ हजार ३ सय बढीमा भाइरस सङ्क्रमण पुष्टि भएको हो भने, १ सय ६८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। संक्रमणको अवस्था भयावह बन्दै जाँदा सरकारले विभिन्न विदेशी मुलुकसँग सहयोगका लागि अपिल गरेको छ। अपिलसहित पत्राचार गरिएका मुलुकबाट स्वास्थ्य सामग्री आउने नआउने भन्ने  विषय भने निश्चित अझै भएको छैन। 

मुलुकमा कोरोनाका असर बढ्दै जाँदा अन्यक्षेत्र पनि प्रभावित भएको छ। देशका अधिकांस जिल्लामा निषेधाज्ञा जारी भएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध पनि आगामी जेठ १७ गतेसम्म लम्बिएको छ। तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ। यस्तै अत्यावश्यक उडानहरू पनि  जारी राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

इजरायल र प्यालेस्टाइनबीच विवादित क्षेत्र जेरुसेलममा फेरि हिंसा भड्किएको छ। पछिल्लो झडपमा कम्तिमा १ सय ६९ जना घाइते भएका छन्। घाइतेमध्ये १ सय ६३ जना प्यालेस्टाइनी र ६ जना इजरायली प्रहरी रहेको बीबीसीले जनाएको छ। यस्तै सोमबारयता ९ बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

Logo