काठमाडौं उपत्यकामा आज ३ हजार ३४९ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३ हजार ३४९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज  ३ हजार ३४९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ हजार ४५८ संक्रमित थपिए। त्यस्तै, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना थपिएका छन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७हजार ६५३ पुगेको छ।

नेपालमा आज ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ।

आज २०३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।

हालसम्म २७ लाख ३३ हजार ५१० जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ४७८ रहेको छ।

Skip This
Skip This
Logo