नेपाल कोरिया अस्पतालबाट आजदेखि अक्सिजन उत्पादन सुरु

नेपाल कोरिया अस्पतालबाट आजदेखि अक्सिजन उत्पादन सुरु

केन्द्रबिन्दु
0
Shares

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आज बेलुकादेखि अक्सिजन उत्पादन सुरु गरेको छ । नगरपालिकाको ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने  प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष,  हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पुर्‍याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

Logo