नगरपालिका महासंघका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले महामारी तथा सरुवारोग नियन्त्रण सम्बन्धी अधिकार संघीय सरकारसँग एकलरुपमा रहेका कारण चाहेर पनि धेरै काम गर्न नसकिएको बताएका छन्।
संघ सरकारको एकल अधिकार भएको क्षेत्र स्थानीय सरकारले काम गरिरहेकाले सोचे जस्तो परिणाम आउन नसकेको बताए । महासंघका अध्यक्ष श्रेष्ठले कोरोनाको संक्रमणको असर बहुपक्षीय रुपमा समस्या देखिएको हुनाले संक्रमणको समयमै व्यवस्थापन र सेवा जनतासमक्ष पुर्याउन स्वास्थ्य संकटकाल घोषणा गरेर स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी तीन तहको सरकारलाई दिन सके सबैको काम र भूमिका सुनिश्चित हुने बताए।
यो समयमा तीन तहका सरकारलाई संलग्न गरायौं र नीजि, सामुदायिक र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रलाई परिचालन गर्न सक्यौं भने समस्या समाधान गर्न सकिने बताए । यस्तै महासंघका अध्यक्ष श्रेष्ठले आगामी बजेट कोभिड जस्ता महामारी संक्रमक रोगसँग जुध्नलाई प्राथमिकतामा राखेर पार्नुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकारले साझेदारीरुपमा नै स्वास्थ्य क्षेत्रमा कोभिड लगायतका विभिन्न क्षेत्रहरुमा हाम्रो लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ।
बजेटमा उपचार, प्रचार, जनशक्ति व्यवस्थापन, पूर्वाधार निर्माण गर्ने प्राथमिकतामा राख्न आग्रह गरे । प्रदेश र संघ सरकारको खर्च गर्नुपर्ने बजेट चाहिँ खर्च गर्न नसक्ने तर कोभिडको समस्या समाधानमा स्थानीय सरकारले सहयोग गरेन भन्न नमिल्ने उनको धारण छ।





























प्रतिक्रिया