काठमाडौं उपत्यकामा आज २ हजार ९६४ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार १४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका हुन्।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।
नेपालमा आज ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १२१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ।
आज १८७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।
हालसम्म २७ लाख ५१ हजार ४८१ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण १८ हजार ५४८ रहेको छ।































प्रतिक्रिया