मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर आइपुग्यो

मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो ।

अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो । यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

Skip This
Skip This
Logo