पत्रकार कार्कीको निधन

पत्रकार कार्कीको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट मृत्यु भउकाे छ । उनकाे ३४ वर्षको अल्पायुमै निधन भएको हाे ।

गत वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ निधन भएको हो ।

झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए ।कार्की प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य थिए । उनले सौर्य दैनिकमा वरिष्ठ उप-सम्पादकको जिम्मेवारीमा कार्यरत थिए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरे । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको छ ।

Logo