कोरोना नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्छ: विपुल पोखरेल

कोरोना नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्छ: विपुल पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक भएर लाग्नुपर्ने बताए । उनले कोरोनाविरुद्ध राज्यको सबै क्षेत्र एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याए। 

अध्यक्ष पोखरेलले महामारीको बखत पत्रकारिता क्षेत्रले जोखिम मोलेर सूचना प्रवाहको काम गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तर लाग्न अपिल गरेका छन् । प्रेस काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता र कोभिड निर्देशिकालाई अनुशरण गर्न उनको आग्रह छ । महामारीको बेलामा कृतिम कालोबजारी र अत्यावश्यक सेवामा चर्को मूल्य लिने गरिएकाले त्यस्तो गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष उनले माग गरे । 

अध्यक्ष पोखरेलले कोरोनाविरुद्धको खोपको सहज पहुँच पुर्याउन पनि सरकारसँग माग गरेका छन्। राज्यका सम्बन्धित निकायहरुले महामारीको यस बेलामा नागरिकहरुलाई पर्याप्त सूचना नदिएको भन्दै सरोकारवाला मन्त्रालयहरुले पर्याप्त सूचना दिनुपर्ने बताए । उनले कोरोनाविरुद्ध तत्कालै अल्पकालिन र दीर्घकालीन योजना ल्याउन पनि माग गरे।

Logo