काभ्रेमा आज १७८ जना संक्रमित थपिए, ६ जनाको मृत्यु (कुन तहमा कति?)

काभ्रेमा आज १७८ जना संक्रमित थपिए, ६ जनाको मृत्यु (कुन तहमा कति?)

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाका अनुसार मृत्यु हुनेहरुमा मण्डनदेउपुर नगरपालिकाका २० वर्षिया महिला, भक्तपुरका ६१ वर्षिया महिला, पनौतीका ७० वर्षिय महिला, धुलिखेलका ६५ र ४५ वर्षिय पुरुष र चौरीदेउरालीका ४८ वर्षिय पुरुष रहेका छन् ।

यससँगै काभ्रेमा हालसम्म मृत्यु हुनेहरुको संख्या १२४ पुगेको छ। उनीहरु मध्ये ८५ जना काभ्रेका रहेका छन् भने ३९ जना अन्य जिल्लाका हुन्।

आज चौंरीदेउरालीका ६ जना, बनेपा नगरपालिकामा ६५ जना, धुलिखेलका २५, नमोबुद्धका ९, पाँचखालका २५, तेमालका १ पुरुष, पनौतीका ८, भुम्लु गाउँपालिकामा १ पुरुष र मण्डनदेउपुरमा ३८ नयाँ संक्रमित थपिएका छन्।

अब काभ्रेमा संक्रमित संख्या ५ हजार ८९८ पुगेको छ। सक्रिय संक्रमितको संख्या १ हजार ९८९ पुगेको छ। 

आज जिल्लामा १४० जना निको भएका छन्। 

Logo