महाकुलुङमा घरदैलो परीक्षण : परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा संक्रमण

महाकुलुङमा घरदैलो परीक्षण : परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा संक्रमण

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुकाे सुदूरपूर्वकाे गाउँपालिका महाकुलुङमा पनि कोरोना संक्रमण देखिन थालेकाे छ । गाउँमा काेरोनाजस्तै लक्षण भएकाहरू बिरामी देखिन थालेपछि गाउँपालिका अध्यक्ष सागर किरातीकाे नेतृत्वमा हरेक संक्रमणसँग मिल्दोजुल्दो बिरामीकाे घरघरमा पुगी परीक्षण सुरु गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

स्थानीय समाजसेवी संकल्प किरातीका अनुसार संक्रणदर पनि उच्च रहेकाे छ । सोमबार एन्टिजेन्ट किटमार्फत ५१ जनाकाे प्ररीक्षण गरिएकाे थियो । परीक्षण गरिएकामध्ये ११ जनामा संक्रमण देखिएकाे हाे । यो संक्रमणदर कूल परीक्षणकाे २२ प्रतिशत हुन आउँछ ।

गाउँपालिकाअध्यक्ष सागर किरातीको नेतृत्वमा प्रसाशाकीय अधिकृत बिष्णु रन्जन बराल, स्वास्त्य चौकीका प्रमुख डा. संजय खत्त्री, स्वास्थ्य शाखा प्रमुख हरी आचार्यका टोली स्थानीयकाे घरदैलोमा पुगी (काेभिड १९) को निशुल्क प्ररीक्षण गरिएकाे हाे । 

गाउँपालिकाका अनुसार परीक्षणकाे काम आज पनि जारी रहनेछ । सोमबार ३० जना पुरूष र २१ जना महिला गरी ५१ जना परिक्षण गर्दा ६ जना पुरूष र ५ जना महिलामा गरी ११ जनामा संक्रमण देखिएकाे हाे ।

Skip This
Skip This
Logo