मेची प्रादेशिक अस्पताललाई ९ करोड बजेट

मेची प्रादेशिक अस्पताललाई ९ करोड बजेट

केन्द्रबिन्दु
0
Shares

मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले ९ करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ ।

संघीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र ९ वटा प्रादेशिक अस्पतालका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको हो । बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो ।

मेची अस्पतालका लागि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । 

Skip This
Skip This
Logo