विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाहबमोजिम कोभिड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
 
“अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बेड अभाव भएको अवस्था भए कुनै पनि खाली स्थान भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्नू”, आदेशमा भनिएको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गरेको रिट निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न माग गरिएको थियो।

Skip This
Skip This
Logo