अनिता यादवको हत्या अभियोगमा देवर पक्राउ

अनिता यादवको हत्या अभियोगमा देवर पक्राउ

केन्द्रबिन्दु
0
Shares

रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेपश्चात जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थप अनुसन्धानको क्रममा अनिता र बिनोदबीच विवाद भई झै-झगडा हुँदा मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि बिनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo