विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ८५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छोड्ने गरिएको छ । तीमध्ये १ हजार ४ सय ९७ वटा गाडी र ३ हजार ३ सय ६२ वटा मोटरसाइकल छन् ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २३४ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । ३ हजार ६०७ जनालाई सम्झाइ बुझाइ गरिएको छ ।





























प्रतिक्रिया