काठमाडौं उपत्यकामा आज दुई हजार ४४७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज दुई हजार ४४७ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज दुई हजार ४४७ जना कोभिड–१९ संक्रमित थपिएका छन्। आज काठमाडौंमा एक हजार ७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ।

नेपालमा आज ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ। 

आज १७७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ।

आज २३ हजार २२६ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ जनाको परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo