पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३२८ जना संक्रमित भेटिएका छन्। जस अनुसार काठमाडौंमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।
नेपालमा आज ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।
यससँगै संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ।
आज १२९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ।
आज २० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ जनाको परीक्षण गरिएको छ।





























प्रतिक्रिया