बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि प्रभाव पर्ने

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि प्रभाव पर्ने

केन्द्रबिन्दु
0
Shares

पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भई भोलि मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ।

उक्त चक्रवातको असर नेपालका केही भू–भागमा पर्ने सम्भावना रहेकाले हिमाली भेगमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo