आज मात्र ६ हजार ४०४ निको भए, १६९ जनाको मृत्यु, कति थपिए संक्रमित?

आज मात्र ६ हजार ४०४ निको भए, १६९ जनाको मृत्यु, कति थपिए संक्रमित?

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ।

नेपालमा आज ८ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २४९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख २८ हजार ८४८ जना पुगेको छ। 

आज १६९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

आज २२ हजार ९३६ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० जनाको परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo