काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बिएको छ। अब जेठ २० गते सम्म निषेधाज्ञा हुनेछ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ।
यस अघि वैशाख १६ गते देखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा वैशाख २९ देखि पुनः थपेर जेठ १३ सम्म कायम थियो । गृह मन्त्रालयका अनुसार अहिले सम्म देशका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।





























प्रतिक्रिया