राष्ट्रपतिले गरिन् ४३० कैदीकाे कैद मिनाहा

राष्ट्रपतिले गरिन् ४३० कैदीकाे कैद मिनाहा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकाे अवशरमा ४३० जना कैदीलाई माफी दिँदै कैद मिनाहा गरेकी हुन् ।

१३ जेठको मन्त्रिपरिषद्को सिफारिसअनुसार १५ जेठदेखि लागू हुने गरी कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सूचना जारी गरेर यसबारे जानकारी दिएका हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा  उक्त मिनाहा दिएको विज्ञप्तिमा उल्लेख छ । 

Logo