श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बीमा

श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बीमा

केन्द्रबिन्दु
0
Shares

सरकारले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बीमा गर्ने भन्दै यसका लागि बीमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था बताएका हुन।

यस्तै आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको पौडेलले जानकारी दिए।

यस्तै पत्रकार कल्याणकारी कोष ३ महिनाभित्र कार्यान्वयनमा ल्याईने मन्त्री पौडेलले जानकारी दिए। 

सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।

हाल दिँदै आएको महंगी भत्ता यथावत रहने अर्थमन्त्री पौडेलले बताए । सरकारले दक्षिण एसियामा तलबमानको अवस्था अध्ययन गरी सुझाव पेस गर्न आयोग पनि गठन गर्ने घोषणा गरेको छ ।

Skip This
Skip This
Logo