काभ्रेमा आज २४३ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ३८५ छ। आज ३७ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा ६ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ८ हजार ८०७ पुगेको छ। जसमा २ हजार २२७ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै निको हुनेको संख्या ६ हजार ४४७ र मृत्यु हुनेको संख्या १८५ पुगेको छ।
.jpg)





























प्रतिक्रिया