हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३ हजार ४८० क्यापसुल अवैध औषधि ट्रामाडोलसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेक छ ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुँवर, सोही ठाउँ बस्ने विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन् ।
सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधिसहित फेला पारी गाडी चालक बिजय समेत उनीहरुलाई पक्राउ गरेको हो ।





























प्रतिक्रिया